नेपालका २७ भन्सार नाकामध्ये पछिल्लो ६ महिनामा १० वटा नाकाबाट निर्यात शून्य
काठमाडौं, २४ माघ। नेपालले हाल सञ्चालनमा ल्याएका २७वटा भन्सार नाकामध्ये पछिल्लो ६महिनामा १०वटा नाकाबाट नेपालले एक रुपैयाँको वस्तु पनि निर्यात गरेको छैन। भन्सार विभागका अनुसार निर्यात नगरेका नाकामा भद्रपुर, जनकपुर,महेशपुर, राजविराज, सति, सिरहा, सुनसरी, तातोपानी, टाँडी र त्रिवेणी भन्सार नाका रहेका छन्। २०७८ साउनदेखि पुससम्म ती नाकाबाट नेपालले १०अर्ब २८करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ। निर्यात भने शून्य छ।
प्रतिक्रिया दिनुहोस्