राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष अर्यालले लिईन पद तथा गोपनीयताको शपथ काठमाडौं, २४ माघ। राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले आज पद तथा गोपनीयताको शपथ लिएकी छन्। राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा उनले शपथ लिएकी हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। राष्ट्रिय सभाको सोमबार बसेको बैकले अर्याललाई उपाध्यक्षमा निर्वाचित गरेको थियो। उनी सत्तारुढ गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्