प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, राष्ट्रपति निर्वाचनमा विषयमा छलफल काठमाडौं, २४ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको हो। भेटमा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेपछिको अवस्थाका बारेमा छलफल भएको थियो। एमाले र माओवादीबीच राष्ट्रपति एमालेले लिने पूर्व सहमति भएपनि पछिल्लो समय माओवादीले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउने बताउँदै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्