विनाशकारी भूकम्पपछि टर्कीमा ६५ देशका २६ सयभन्दा बढी उद्धार तथा राहतकर्मी सक्रिय
अंकारा, २४ माघ। टर्कीमा भूकम्पले घरहरु भत्किदा वेपत्ता भएकाहरुको खोजी तथा उद्दार र राहत वितरण गर्न ६५ देशका २ हजार ६६० जना उद्धारकर्मी खटिएका छन्। उद्धार तथा राहतकर्मीले ६२९ वटा क्रेन र ३६० वटा गाडीको प्रयोग गरेको जनाइएको छ। टर्कीम सोमबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। राहतकर्मीले प्रभावित क्षेत्रमा ३ लाख कम्बल, ४१हजार ५०४वटा फ्यामेली टेन्ट वितरण गरेका छन्।(बीबीसी)
प्रतिक्रिया दिनुहोस्