मैतीदेवीस्थित प्रहरी बिटमा महानगर प्रहरीको डोजर काठमाडौं, २४ माघ। काठमाडौं महानगरपालिकाले मैतीदेवी चोकमा रहेको प्रहरी बिट भत्काएको छ। महानगर प्रहरीको टोलीले प्रहरीका आवश्यक सामानहरु सार्न लगाएर डोजर प्रयोग गरी मंगलबार प्रहरी बिट भत्काएको हो। मैतीदेवी चोकको एक कुनामा सडक र फुटपाथ छेकिने गरी बनेको सानो भवनबाट प्रहरी बिट सञ्चालन भएको थियो। प्रहरी बिटका कारण पैदलयात्री सडकबाटै हिँड्नुपर्ने बाध्यता रहकाले प्रहरी बिट भत्काइएको महानगरले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्