सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार आवश्यक कानुन निर्माण गर्दै
काठमाडौं, २४ माघ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको बताएकी छन्। काठमाडौंको भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको ‘सूचना प्रविधि मेला’को उद्घाटन गर्दै उनले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले आवश्यक कानुन निर्माण गरी संसदमा पेश गर्ने तयारी गरिरहेको जनाइन्। सूचना प्रविधिको क्षेत्रमा केही गरौं भन्ने भावना साथ अघि बढनुपर्नेमा उनले जोड दिइन्।
प्रतिक्रिया दिनुहोस्