सरकारी विदा बढी हुँदा जनताले पाए सास्ती, विदा कटौतीको तयारीमा सरकार
काठमाडौं, २४ माघ। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको बताएका छन्। मंगलबार बिहान सिंहदरबारमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले सरकारी विदामा पुनर्विचार आवश्यक रहेको समेत जनाए। प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे थप छलफल आवश्यक रहेको उनले बताए। विदा कटौतीका विषयमा मन्त्रिपरिषद्मा छलफल भएको उनले जनाए।
प्रतिक्रिया दिनुहोस्