सरकारले सार्वजनिक गर्यो पस्मिना निर्यात रणनीति, आगामी चार वर्षमा पस्मिनाको निर्यात १० अर्ब पुर्याइने
काठमाडौं, २४ माघ। सरकारले सन् २०२६ सम्म पस्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर (करिव १० अर्ब रुपैयाँ) पुर्याउने लक्ष्यसहित ‘पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति’ सार्वजनिक गरेको छ। मंगलवार ललितपुरमा भएको एक कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त रणनीति सार्वजनिक गरेका हुन्। नेपालले सन् २०२१ मा २ अर्ब ५३ करोड रूपैंयाँको पश्मिना सल निर्यात गरेको थियो।
प्रतिक्रिया दिनुहोस्