भूकम्पका कारण टर्की र सिरियामा मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो अंकारा, २४ माघ। भूकम्पका कारण टर्की र सिरियामा मृत्यु हुनेको संख्या ५ हजार ३४ पुगेको छ। टर्कीमा केन्द्रविन्दु भएर सोमबार विहान ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। टर्कीमा ३ हजार ४३२ र सिरियामा १ हजार ६०२ जनाको मृत्यु भएको जनाइएको छ। भूकम्पका कारण घरहरु भत्किदा टर्कीमा २१ हजार १०३ जना घाइते भएका छन्। खोज तथा उद्धारमा २६ हजारभन्दा बढी खटिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्