ल्याटिन अमेरिकी राष्ट्रसँग ६ महिनामा नेपालको व्यापार घाटा २४ अर्ब नाघ्यो काठमाडौं, २५ माघ। चालु आर्थिक वर्ष २०७९/८० को ६ महिना(साउन–पुस)मा ल्याटिन अमेरिकी राष्ट्रहरुसँग नेपालको व्यापार घाटा २४ अर्ब ६ करोड रुपैयाँ नाघेको छ। भन्सार विभागका अनुसार अर्जेन्टिनासँग १६ अर्ब ५८ करोड, ब्राजिलसँग ३ अर्ब ८५ करोड, पराग्वेसँग ३ अर्ब ३३ करोड, ग्वाटेमालासँग २८ करोड २५ लाख, कोस्टारिकासँग १करोड ४०लाख, पेरुसँग १करोड १२लाख, कोलम्बीयासँग २५लाख ४८हजार रुपैयाँ व्यापार घाटा रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्