राष्ट्रपतिमा एमालेलाई हराउने कांग्रेस महामन्त्री थापाको उद्घोष, भने– एमालेले राष्ट्रपति बनाए कठपुतली राष्ट्रपति भनिदिए हुन्छ
काठमाडौं, २५ माघ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा(एमाले)ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छाड्ने दावी गरेका छन्। बुधबार काठमाडौंमा आयोजित एक गोष्ठीमा बोल्दै उनले राष्ट्रपति एमालेको भए राष्ट्रपति कठपुतली बन्ने र मुलुक संवैधानिक दूर्घटना पर्ने बताए। दुर्घटनाबाट जोगिन राष्ट्रपति कांग्रेस पक्षको बनाउन सबै प्रयास गर्ने उनले जनाए।विगतका राष्ट्रपतिको भूमिका ठिक नभएकाले राष्ट्रपति एमालेलाई दिन नहुने तर्क उनको छ।
प्रतिक्रिया दिनुहोस्