दलित समुदायका विपन्न ३४ जना बालिकालाई छात्रवृत्ति प्रदान काठमाडौं, २५ माघ। मानव अधिकार तथा शान्ति समाजले ७ कक्षामा अध्ययनरत दलित समुदायका विपन्न ३४ जना बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ। प्रत्येकलाई १२ हजारका दरले ४लाख ८हजार रुपैयाँ प्रदान गरिएको समाजले जनाएको छ। मोरङको थलाहामा बुधबार एक कार्यक्रमको आयोजना गरी जनता मा.वि का २७जना र सरस्वती मा.वि.का सात जना गरि ३४जना बालिकालाई वर्ष २०७९ को छात्रवृत्ति रकम प्रदान गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्