टर्की र सिरियामा भूकम्पका कारण मर्नेको संख्या ८ हजार ७ सय नाघ्यो काठमाडौं, २५ माघ। भूकम्पका कारण टर्की र सिरियामा मर्नेको संख्या ८ हजार ७ सय नाघेको छ। खोज तथा उद्धार कार्य जारी रहेकोले यो संख्या अझै बढ्ने बताइएको छ। टर्कीको न्यूज एजेन्सीका अनुसार भूकम्पका कारण टर्कीमा मात्र मर्नेको संख्या ६ हजार २३४ पुगेको छ। सिरियामा २ हजार ५सय जनाभन्दा बढीको मृत्यु भएको छ। भूकम्पका कारण टर्कीले १०प्रान्तमा आपतकाल घोषणा गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्