रवि लामिछानेलाई कांग्रेस महामन्त्री गगन थापाको प्रश्न– राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रश्न सोध्नै नहुने हो? काठमाडौं, २५ माघ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता नगरेकोमा आश्चर्य प्रकट गरेका छन्। बुधबार काठमाडौंमा आयोजित एक गोष्ठीमा बोल्दै उनले रास्वपालाई प्रश्न गरे,‘अहिले सरकार छोडदै गर्दा सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने होइन? कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाँही प्रश्न सोध्नै नहुने हो?’नेपालको लोकतन्त्रको रक्षाका लागि प्रेसमा सुधारको आवश्यकता रहेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्