मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम तत्काल लागू गर्न सरकारसँग माग
काठमाडौं, २५ माघ। मोबाइल वितरक व्यवसायीहरूले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) तत्काल लागू गर्न सरकारसँग माग गरेका छन्। बुधवार वितरक संघले एक अन्तरक्रिया कार्यक्रम गर्दै संघले विदेशबाट अवैध रुपमा भित्रिने मोबाइलका कारण वर्षेनी अर्बौं राजश्व गुमेको बताए।संघले नेपालमा वार्षिक ३८ अर्बदेखि ४०अर्ब रुपैयाँसम्मको मोबाइल फोनको वैधानिक रुपमा आयात भइरहेको जानकारी दिए। १४अर्ब रुपैयाँको मोबाइल अवैध तरिकाले भित्रिएको दाबी संघको छ।
प्रतिक्रिया दिनुहोस्