परराष्ट्रमन्त्री पौड्यालले गरिन् टर्कीका विदेशमन्त्रीसँग टेलिफोन वार्ता, नेपालले औषधि र मेडिकल टोली पठाउने काठमाडौं, २५ माघ। परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालले टर्कीका विदेशमन्त्री मेभलुट काभुसोउलुसँग बुधबार दिउँसो टेलिफोन वार्ता गरेकी छन्। परराष्ट्रमन्त्री पौड्यालले टर्कीमा सोमबार गएको विनाशकारी भूकम्पबाट भएको अमूल्य जीवन तथा सम्पत्तिको क्षतिप्रति नेपाल सरकार र जनताको तर्फबाट टर्कीका जनता र सरकारलाई समवेदना प्रकट गरेकी थिइन्। उनले औषधि र मेडिकल टोली पठाउन लागेको जानकारी टर्कीका समकक्षिलाई दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्