नेपालले भूकम्प प्रभावित टर्कीमा अत्यावश्यक सहायता पठाइने
काठमाडौँ, २५ माघ। नेपालले भूकम्प प्रभावित टर्कीमा मेडिकल रेस्पोन्स टिम तथा अत्यावश्यक राहत सामग्री पठाउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी आकस्मिक बैठकले टर्कीमा मेडिकल उपकरणहरुसहित मेडिकल रेस्पोन्स टिम एवं न्यानो लत्ताकपडा सहितका अत्यावश्यक सामग्रीहरु पठाउने निर्णय गरेको हो। बैठकले परराष्ट्र मन्त्रालयलाई यस सम्बन्धमा सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय गर्न निर्देशन समेत दिएको छ।
प्रतिक्रिया दिनुहोस्