यूएसएआईडीकी प्रमुख सामन्था पावरको अनुरोध– नेपाललाई अमेरिकाले गरेको सहयोगलाई भूराजनीतिक विषयसँग नजोड्नुहोला
काठमाडौं, २६ माघ। अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग(यूएसएआईडी) प्रमुख सामन्था पावरले नेपाललाई अमेरिकाले गरेको सहयोगलाई भूराजनीतिक विषयसँग नजोडी हेर्न अनुरोध गरेकी छन्। नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुअघि उनले पत्रकार सम्मेलनमा भनिन्, ‘नेपाललाई अमेरिकाले गरेको सहयोगलाई भूराजनीतिक विषयसँग नजोड्नुहोला। हामी साथमा काम गर्नेर्छौं, अमेरिकाले नेपालमा गर्ने लगानी कुनै भूराजनीतिक आयामको उत्पादन हो भनेर हामीले लिएका छैनौं।नेपालसँग गरेको प्रतिवद्धताको उत्पादन हो।’
प्रतिक्रिया दिनुहोस्