प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक बस्दै, तोक्ला त राष्ट्रपतिको उम्मेदवार? काठमाडौं, २६ माघ। आज सत्तारुढ दलका शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक बस्दैछ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। यद्यपी समय भने तोकि नसकिएको बताइएको छ। आजको बैठकमा राष्ट्रपति निर्वाचनको लागि सत्तारुढ दलहरुबाट उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा छलफल हुने बताइएको छ। यसअघि राष्ट्रपति नेकपा एमालेलाई दिन सहमति भएपनि पछिल्लो समय नेकमा (माओवादी केन्द्र)ले राष्ट्रिय सहमति गर्नुपर्ने बताउँदै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्