अमेरिकी राष्ट्रपति बाइडेनले दिए ‘डेमोक्रेसी समिट’मा सहभागी हुन प्रधानमन्त्री दाहाललाई निम्तो काठमाडौं, २६ माघ। अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई अमेरिकामा आउन निम्तो दिएका छन्। आगामी मार्च २९ देखि ३० सम्म अमेरिकामा हुने ‘समिट फर डेमोक्रेस २०२३’ मा सहभागी हुन दाहाललाई निम्तो दिएका हुन्। अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरले उक्त जानकारी दिएकी हुन्। यो समिट पहिलो पटक यसअघि सन् २०२१ मा भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्