अष्ट्रेलियामा ‘अष्ट्रेलिया–नेपाल संसदीय मैत्री समूह’ गठन, नेपालीको हितमा काम गर्ने काठमाडौं, २६ माघ। अष्ट्रेलियाको क्यानबेरामा ‘अष्ट्रेलिया–नेपाल संसदीय मैत्री समूह’ गठन गरिएको छ। अष्ट्रेलियास्थित नेपाली दूतावासका अनुसार बिहीबार अष्ट्रेलियन संसदमा विशेष कार्यक्रमको आयोजना गरी उक्त समूह गठन गरिएको हो। समूहको अध्यक्षमा अष्ट्रेलियन लेवर पार्टीका सांसद पिटर खालील एमपी र उपाध्यक्षमा लिव्रल पार्टीका एन्ड्रयु ब्राग्ग रहेका छन्। अष्ट्रेलियामा नेपालीको संख्या बढीरहेको बेला यो समूहले नेपालीहरुको हितमा काम गर्ने अध्यक्ष खालीलले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्