अमेरिका र बेलायतपछि अष्ट्रेलियाले गर्यो चिनियाँ उपकरण हटाउने निर्णय क्यानबेरा, २६ माघ। अमेरिका र बेलायतपछि अष्ट्रेलियाले देशभरका सरकारी भवनमा जडान गरिएका चिनियाँ ‘सेक्युरिटी क्यामरा’ तथा सर्भिलेन्स उपकरण हटाउने निर्णय गरेको छ। चिनियाँ उपकरणले समस्या उत्पन्न हुने आशंकामा हटाउने निर्णय गरिएको अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड माल्र्सले बताएका छन्। अष्ट्रेलियाका २५०वटा सरकारी भवनमा चिनियाँ कम्पनी हिकविजन र दाहुवाले निर्माण गरेका ९ सयभन्दा बढी उपकरण जडान गरेको प्रतिवेदन आएपछि उक्त निर्णय लिइएको हो।(बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्