ए डिभिजन लिगमा विदेशी खेलाडीको कोटा बढाउन एन्फा सहमत, एउटा क्लबले पाँच जना विदेशी खेलाडी राख्न पाउने
काठमाडौं, २६ माघ। शहीद स्मारक ए डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन अखिल नेपाल फुटबल संघ(एन्फा) सहमत भएको छ। नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका दर्जनौं खेलाडी विदेश पलायन भएसँगै ए डिभिजन लिगका क्लवहरुले बजारमा खेलाडी अभाव देखाउँदै विदेशी खेलाडीको कोटा बढाउन गरेको मागलाई एन्फाले सम्बोधन गरेको हो। एन्फाको सहमतिसँगै अब एउटा क्लवले ५जना विदेशी खेलाडी टिममा समावेश गर्न पाउने छन्।
प्रतिक्रिया दिनुहोस्