संस्कृतिमन्त्रीले गरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमान, दुई थान ‘वडी स्क्यानर’ जडान गर्न निर्देशन काठमाडौं, २६ माघ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)को स्थलगत अनुगमन गरेका छन्। टीआईएको अवस्था सन्तोषजनक रहेको अनुगमनका क्रममा उनले बताए। अनुगमनका क्रममा उनले विमानस्थलको हवाई सुरक्षा सुदृढीकरणको लागि आवश्यक दुई थान वडी स्क्यानर जडान गर्न उनले निर्देशन दिएको टीआईए नागरिक उड्डयन कार्यालयले जनाएको छ। विमानस्थलका कर्मचारीले त्यहाँको वस्तुस्थितीबारे मन्त्रीलाई जानकारी दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्