अमेरिकी मिडिया कम्पनी डिज्नीले सात हजार कामदार कटौती गर्ने वाशिङ्टन, २६ माघ। अमेरिकी मिडिया कम्पनी डिज्नीले सात हजार कामदार कटौती गर्ने निर्णय गरेको छ। कम्पनीका सीईओ बाब इगरले यो जानकारी दिएका हुन्। डिज्नी प्लसलाई नाफामा ल्याउन र ५.५ अर्ब डलरको लागत बचाउन कामदार कटौती गर्नुपरेको इगरले बताएका छन्। इगर गत नोभेम्बरमा कम्पनीमा आएका हुन्। सन् २०१९ मा डिज्नी प्लस सुरु गरेपछि कम्पनीको कमाई बढे पनि सब्सक्राइबर्स घटेका छन्। (बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्