गृह मन्त्रालयको तीन महिनाको इन्धन खर्च साढे ३२ लाख, सवारी साधनको मर्मतमा पौने १८ लाख खर्च
काठमाडौं, २६ माघ। गृह मन्त्रालयले पछिल्लो तीन महिना(कात्तिक–पुस)मा सवारी साधनको इन्धन खर्च शिर्षकमा ३२ लाख ६३ हजार ६३२ रुपैयाँ खर्च गरेको पाइएको छ। सोही अवधिमा मन्त्रालयले सवारी साधनहरुको मर्मतमा १७ लाख ८८ हजार ९८८ रुपैयाँ खर्च गरेको छ। मन्त्रालयका अनुसार चारपाङ्ग्रे सवारी साधनको मर्मतमा १ लाख ९६ हजार १४३रुपैयाँ र दुईपाङ्ग्रे सवारी साधनको मर्मतमा १लाख ९२हजार ८४५रुपैयाँ खर्च भएको छ।
प्रतिक्रिया दिनुहोस्