नेपाल विश्वविद्यालय विधेयक सरकारले फिर्ता लैजानुपर्ने सांसदहरुको माग
काठमाडौं, २६ माघ। विधायन व्यवस्थापन समितिमा पुगेको नेपाल विश्वविद्यालय विधेयक सरकारी अवधारणाअनुसार नभएको भन्दै सांसदहरुले सरकारले फिर्ता लिनुपर्ने माग गरेका छन्। बिहीवार बसेको राष्ट्रिय सभा अन्तर्गतको संसदीय समितिमा सांसदहरुले नेपाल विश्वविद्यालय विधेयकका बारेमा सरकार स्पष्ट हुनुपर्ने, नत्र फिर्ता लैजानुपर्ने माग गरेका हुन्। बैठकमा सांसदहरुले विधेयक सरकारले ल्याएपनि सरकारी र निजी कुनैपनि अवधारणाअनुसारको नभएको आरोप लगाएका थिए।
प्रतिक्रिया दिनुहोस्