नेपाल भित्रने रेमिट्यान्समा २४.३ प्रतिशतले वृद्धि, ६ महिनामा भित्रियो ५ खर्ब ८५ अर्बभन्दा बढी रकम काठमाडौं, २६ माघ। चालु आर्थिक वर्ष २०७९/८० को ६ महिना(साउन–पुस)मा नेपाल भित्रने रेमिट्यान्समा २४.३ प्रतिशतले वुद्धि भएको छ। सो अवधिमा ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रिने रेमिट्न्यास ५ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा नेपाल भित्रिने रेमिट्यान्स १३.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५०करोड पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्