चलचित्र ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रको विकास भएनः भुवन केसी काठमाडौं, २६ माघ। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सरकारले नेपाली चलचित्र ऐन पास नगर्दा चलचित्र क्षेत्रले विकासमा फड्को मार्न नसकेको बताएका छन्। बिहीवार काठमाडौंमा भएको नेफ्टा अवार्ड उद्घाटन कार्यक्रममा बोल्दै उनले चलचित्र विकास बोर्ड नेपाली चलचित्रहरु अन्तर्राष्ट्रिय स्तरमा चलोस्, पर्यटन क्षेत्रमा टेवा पुगोस् भन्ने हेतुले लागिपरेको दाबी गरे।चलचित्र क्षेत्रको विकास गर्न आफू रिटायर्ड हुने बेलामा बोर्ड आएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्