एक महिना नबित्दै सुदूरपश्चिममा ढल्यो एमाले नेतृत्वको सरकार
काठमाडौं, २६ माघ। सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार गठन भएको एक महिना नबित्दै ढलेको छ। प्रदेश सभामा आज एमालेको तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएपछि सरकार ढलेको हो। विश्वासको मत नपाएसँगै रावल पदमुक्त भएका छन्। मुख्यमन्त्री भएको ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था छ। विहीबार प्रदेश सभामा रावलले विश्वासको मत पाउन सकेनन्।
प्रतिक्रिया दिनुहोस्