भूकम्पका कारण टर्की र सिरियामा मर्नेको संख्या २१ हजार नाघ्यो, ७८ हजारभन्दा बढी घाइते अंकरा, २४ माघ। टर्कीमा सोमबार बिहान गएको ७.८ म्याग्निच्युडकाे भूकम्पका कारण टर्की र सिरियामा मृत्यु हुनेकाे संख्या २१ हजार ५१ पुगेको छ। भूकम्पका कारण ७८ हजारभन्दा बढी घाइते भएकाे जनाइएकाे छ। भूकम्पका कारण टर्कीमा १७ हजार ६७४ जनाको मृत्यु भएको जनाइएको छ। ठूलाे भूकम्पपछि १०० भन्दा बढी पराकम्प गएका छन्। तीनवटा पराकम्प ६ म्याग्निच्युडभन्दा माथिका रहेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्