संघीय संसद अन्तर्गत दुवै सदनको संयुक्त बैठक बस्दै, राष्ट्रपतिले सम्बोधन गर्ने
काठमडौं, २७ माघ। संघीय संसद अन्तर्गत आज दुवै सदनको संयुक्त बैठक बस्दैछ। आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्ने कार्यmत्रम छ। बैठक साँझ ५ बजे बस्नेछ। राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज राष्ट्रपतिले बैठकलाई सम्बोधन गर्ने सम्बोधनको प्रति टेबुल गर्नेछन्। राष्ट्रपतिबाट हुने सम्बोधनको लागि गंगाकुमारी बेल्वासेले धन्यवादको प्रश्ताव प्रस्तुत गर्नेछिन्।
प्रतिक्रिया दिनुहोस्