वैदेशिक रोजगारीमा जानेको संख्या ६४.६ प्रतिशतले वृद्धि, ६ महिनामा लिए ४ लाख १८ हजारभन्दा बढीले श्रम स्वीकृति काठमाडौं, २७ माघ। वैदेशिक रोजगारीमा जानेको संख्या ६४.६ प्रतिशतले वृद्धि भएको छ। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को ६ महिना (साउन–पुस)मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या २ लाख ७५ हजार ६४३ पुगेको छ। यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या ९.५ प्रतिशतले वृद्धि भई १ लाख ४२ हजार ५४८ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्