भारतमा पहिलो पटक भेटियो ५.९ मिलियन टन लिथियमको भण्डार नयाँदिल्ली, २७ माघ। जियोलोजिकल सर्वे अफ इण्डिया (जीएसआई)ले भारतमा पहिलो पटक लिथियमको भण्डार फेला परेको प्रतिवेदन सार्वजनिक गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार जम्मु कश्मीरको रियासी जिल्लाको सलाल–हाइमाना क्षेत्रमा मा ५.९ मिलियन टन लिथियमको भण्डार फेला परेको कुरा जीएसआईको प्रतिवेदनमा उल्लेख छ। लिथियम एक धातु हो जसको प्रयोगबाट इवी ब्याट्री बनाउने गरिन्छ। भारतले लामो सयमदेखि लिथियमको खोजी गरिरहेको थियो। (बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्