नेपाल नागरिक उडड्यन प्राधिकरण, टीआईएका महाप्रवन्धक प्रेमनाथ ठाकुर निलम्बन, घुस मागेको आरोप काठमाडौं, २७ माघ। संस्कृति, पर्यटन तथा नगारिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उडड्यन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(टीआईए)का महाप्रवन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरेको छ। थाइ स्माइल एयरलाइन्ससँग १०लाख रुपैयाँ घुस मागेको अडियो भेटिएपछि उनलाई निलम्बन गरिएको हो। जाँचबुझ गर्न सहज होस् भन्ने उदेश्यले उनलाई निलम्बन गरिएको मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले बताए।थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुरोध गरिएको पनि उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्