भारतका विदेश सचिव सोमबार नेपाल आउने
काठमाडौं, २७ माघ। परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतका विदेश सचिव विनय मोहन क्वात्राले फागुन १ देखि २ गतेसम्म नेपालको भ्रमण गर्ने भएका छन्। ‘नेपाल र भारतका परराष्ट्र सचिवहरुबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुनेछ,’ परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। भ्रमणले नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउने मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्