गैंडाको खाग चोरी तथा खरिद बिक्री गर्ने १५ जना पक्राउ
काठमाडौं, २७ माघ। गैंडाको खाग चोरी शिकारी/खरिद बिक्री कार्यमा संलग्न रहेको अभियोगमा १५जनालाई प्रहरीले पक्राउ गरेको छ। गत पुस १९गते प्रहरीले ईन्द्रमणी आचार्य र जमुना कुमारी शर्मालाई गैंडाको खागसहित पक्राउ गरेको थियो। थप अनुसन्धानको क्रममा उक्त कारोबारमा संलग्न रहेका बाबुलाल भट्टराई,प्रताप चौधरी,गजाधर सापकोटा,डम्बर आले मगर,दानबहादुर राना,निर्मल शाही,हरिमाया राना,कमला तामाङ,सोमबहादुर चेपाङ,राधाकृष्ण चेपाङ,तुलसी चेपाङ,बिरमान वाइबा र आइतबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस्