समावेशी र सहभागितामुलक लोकतन्त्र नै अबको वैकल्पिक राजनीतिः डा.भट्टराई
काठमाडौं, २७ माघ। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले लोकतन्त्रलाई सुदृढ बनाएर संस्थालाई मजबुत बनाउने कुरा अबको वैकल्पिक राजनीति भएको बताएका छन्। शुक्रवारबाट काठमाडौंमा शुरु भएको विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले अबको वैकल्पिक राजनीति कसैलाई फ्याँक्ने नभइ सबैलाई एकसाथमा अघि बढाउने र संस्थालाई मजबुत बनाउने खालको हुने जनाए।समावेशी र सहभागितामुलक लोकतन्त्र अबको वैकल्पिक राजनीति भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्