हिउँदे वर्षा भएनः खाद्यान्नको जोहो गर्न सरकारलाई आग्रह
काठमाडौं, २७ माघ। जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा खाद्य चक्रमा समस्या पर्ने विज्ञले बताएका छन्। जलवायु तथा विपद् विज्ञ डा.धर्म उप्रेतीले यसपटक हिउँदमा खडेरी परेकाले हिउँदको अवधिमा हुने खाद्यान्न उत्पादनमा कमी हुने जनाए। उनले खाद्य सतर्कता अपनाउन सरकारलाई सुझाव दिएका छन्। हिउँद अवधिमा औषत वर्षा ६०.१मिलिमिटर हुनुपर्नेमा अहिलेसम्म ७.९मिलिमिटर मात्रै भएको छ।
प्रतिक्रिया दिनुहोस्