मस्यौदा समिति बैठकः संविधानमा भएकोभन्दा बढी विशेषाधिकार माग गरेपछि सांसदहरुबीच भनाभन
काठमाडौं, २७ माघ। केही सांसदले आफूहरुलाई संविधानमा उल्लेख भएभन्दा बढी विशेषाधिकार चाहिने तर्क गरेपछि प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको शुक्रवारको बैठकमा सदस्यहरुबीच नै भनाभन भएको छ। सांसदहरु नियममा बाँधिने विषयमा राखिने प्रावधानका सम्बन्धमा एकमत नभएपछि सदस्यहरुबीच भनाभनको स्थिति उत्पन्न भएको हो। विभिन्न अभियोगमा सांसद पक्राउ परेपछि उनीहरुको पद र सुविधा के कस्तो हुने भन्ने सम्बन्धमा सदस्यहरुबीच मत भिन्नता देखिएको थियो।
प्रतिक्रिया दिनुहोस्