संघीय निजामती ऐन संसदमा ल्याउन विज्ञहरुको राय लिदै मन्त्रालय
काठमाडौं, २७ माघ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती ऐनलाई अन्तिम टुंगो लगाउने कामलाई तिब्रता दिएको छ। सोही क्रममा संसदको जारी अधिवेशनमा संघीय निजामती ऐन सम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी गरिरहेका मन्त्री अमनलाल मोदीले आज दोस्रो पटक विज्ञहरुसँग परामर्श गरेका छन्। मन्त्रालयले आज संघीय मामिला र निजामती कर्मचारी प्रशासनका विज्ञहरुसँग छलफल गर्ने क्रममा पूर्वसचिवहरुसँग परामर्श गरेको हो।
प्रतिक्रिया दिनुहोस्