संसदको संयुक्त बैठकमा राष्ट्रपतिको प्रश्न– महिलाहरुले अझै किन सुरक्षित महशुस गर्न सकिरहेका छैनन्?
काठमाडौं, २७ माघ। राष्ट्रपति विद्यादेवी भण्डारीले देशमा महिलाहरु सुरक्षित नभएको बताएकी छन्। शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले महिलाहरु विभिन्न किसिमका सामाजिक कुरीतिको शिकार भईरहेको बताइन्। ‘घरेलु हिंसा,यौन हिंसा र अन्य प्रकारका हिंसाबाट महिलाहरुले अझै पनि किन सुरक्षित महशुस गर्न सकिरहेका छैनन्? यी प्रश्नहरुको उत्तर खोजिनु जरुरी छ,’उनले भनिन्।उनले नीति तथा कार्यक्रमको पुनर्विचार गर्न आवश्यक रहेको बताइन्।
प्रतिक्रिया दिनुहोस्