मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षामा के छ? काठमाडौं, २७ माघ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८०को मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षा गरेको छ। समिक्षामा २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरेको छ। साना÷मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न २ करोडसम्मको कर्जालाई २०८० असार मसान्तभित्र पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्था मिलाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्