सांसद नै विश्वास गर्दैनन् अदालतलाई, न्यायलयको कार्यसम्पादनमाथि उठाए प्रश्न काठमाडौं, २७ माघ। प्रतिनिधि सभा नियमावलि मस्यौदा समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले न्यायलयको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन्। स्वतन्त्र सांसद अमरेशकुमार सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अदालतको कार्यसम्पादनमाथि संसय व्यक्त गरेका हुन्।सांसदद्वयले फौजदारी अभियोग लागेर फरार रहेका, पुर्पक्षका लागि थुनामा रहेका सांसदलाई निलम्वन गर्न नहुने आफ्नो तर्कलाई सदर गराउने प्रयासमा न्यायलय माथि संशय प्रकट गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्