यु–२० महिला साफ च्याम्प्यिनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्कियो काठमाडौं, २७ माघ। बंगलादेशमा आयोजना भएको यु–२० महिला साफ च्याम्प्यिनसिपमा उपविजेता बनेको महिला टोली शुक्रवार स्वदेश फर्किएको छ। बंगलादेशको मुस्ताफा कमल स्ेटडियममा बिहीवार भएको फाइनल खेलमा आयोजक बंगलादेशसँग ३–० ले पराजित भएसँगै नेपाल उपविजेतामा भएको थियो। सोही टोली शुक्रवार नेपाल फर्किएको हो। २३ खेलाडीसहित ३०सदस्यीय नेपाली टोलीलाई त्रिभुवन विमानस्थालमा अखिल नेपाल फुटबल संघ(एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्