प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको म्याद ७ दिन थप
काठमाडौं, २७ माघ। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको म्याद सात दिन थप गरिएको छ। समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले शुक्रबार प्रतिनिधिसभा बैठकमा समितिको म्याद थप गर्न पेश गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। बैठकमा केसीले प्रतिनिधिसभा नियमावलीको प्रारम्भिक मस्यौदा तयार भएको तर त्यसलाई पूरागर्न सात दिन समय लाग्ने निर्णय समितिबाट भएकाले प्रस्ताव आफूले प्रतिनिधिसभा बैठक पेश गरेको स्पष्ट पारेका थिए।
प्रतिक्रिया दिनुहोस्