देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवाहरू बन्द, अस्पताल पुगेका विरामीलाई सास्ती
काठमाडौं, २९ माघ। नेपाल चिकित्सक संघको आव्हानमा आइतवार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गरिएको छ। शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकमाथि प्रहरीले गरेको हातपातको बिरोधमा आज आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने निर्णय लिएको हो। चिकित्सकहरुको आन्दोलनले उपचारको लागि अस्पताल पुगेका विरामीले सास्ती भोग्नु परेको छ। टाढाटाढाबाट आएका विरामीहरु उपचार नपाएपछि फर्किन बाध्य भएका छन्।
प्रतिक्रिया दिनुहोस्