क्यानडाको आकाशमा देखियो ‘मानवरहित वस्तु’, प्रधानमन्त्री ट्रूडोको आदेशमा खसालियो
ओटावा, २९ माघ। क्यानडाको आकाशमा देखिएको ‘अपरिचित मानवरहित वस्तु’लाई खसालिएको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोको आदेशमा उक्त वस्तु खसालिएको हो। सो वस्तुले क्यानडाको हवाई क्षेत्रको उल्लंघन गरेका कारण पश्चिम क्यानडामा खसालिएको बताइएको छ। अपरिचित मानवरहित वस्तुमाथि निगरानी राख्न क्यानडा र अमेरिका दुवैले आ–आफ्ना विमान परिचालन गरेका थिए। अमेरिकी एफ–२२ विमानले उक्त वस्तु खसालेको क्यानडाका प्रधानमन्त्रीले जनाएका छन्। (बीबीसी)
प्रतिक्रिया दिनुहोस्