टर्की र सिरियामा भूकम्पका कारण मर्नेको संख्या २८ हजार नाघ्यो अंकारा, २९ माघ। गत सोमबार गएको भूकम्पका कारण टर्की र सिरियामा मर्नेको संख्या २८ हजार १९२ पुगेको छ। स्थानीय मिडियाका अनुसार टर्कीमा २४ हजार ६१७ र सिरियामा ३ हजार ५७५ जनाको मृत्यु भएको छ। सिरियाको सरकार नियन्त्रीत क्षेत्रमा १ हजार ४०८ र विद्रोही नियन्त्रित क्षेत्रमा २ हजार १६७ जनाको मृत्यु भएको छ। खोज तथा उद्धार कार्य जारी रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्