संयन्त्रको बैठकमा ‘राष्ट्रपति निर्वाचन’ले प्रवेश पाएन, राष्ट्रपतिमा सत्तारुढ दलहरु पुरानै सहमतिमा अडिग काठमाडौं, २९ माघ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार विहान बसेको उच्चस्तरीय संयन्त्रको बैठकमा फागुन २५गते हुने राष्ट्रपति निर्वाचनले प्रवेश पाएन।राष्ट्रपति निर्वाचनका विषयमा छलफल नभए पनि सत्तारुढ दलहरु राष्ट्रपतिका सम्बन्धमा पहिला भएको सहमतिमा अडिग रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।‘राष्ट्रपति निर्वाचनको विषयमा छलफल भएन। सरकार निर्माणको क्रममा जुन सहमति कायम गरिएको थियो त्यो सहमतिमा कसैको कुनै विमती छैन,’उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्